सूरा Al-Qadr — The Power, Fate

सूरा Al-Qadr (The Power, Fate) — 97/114 · 5 आयतहरू. अरबी पाठ र नेपाली अनुवादसहित पढ्नुहोस् र सुन्नुहोस्।

ٱلرَّحِيمِإِنَّآ أَنزَلۡنَٰهُ فِي لَيۡلَةِ ٱلۡقَدۡرِ

हामीले यस (कुरआन) लाई कद्र्रको रातमा अवतरित गर्यौं ।

Ayah 1

وَمَآ أَدۡرَىٰكَ مَا لَيۡلَةُ ٱلۡقَدۡرِ

र तिमीलाई के थाहा कि शबेकद्र (गौरवको रात्री) के हो

Ayah 2

لَيۡلَةُ ٱلۡقَدۡرِ خَيۡرࣱ مِّنۡ أَلۡفِ شَهۡرࣲ‏

शबेकद्र एक हजार महीनाभन्दा राम्रो छ ।

Ayah 3

تَنَزَّلُ ٱلۡمَلَٰٓئِكَةُ وَٱلرُّوحُ فِيهَا بِإِذۡنِ رَبِّهِم مِّن كُلِّ أَمۡرࣲ‏

यसमा रूहुल अमीन (जिब्राइल) र फरिश्ताहरू प्रत्येक काम सम्पन्न गर्नको लागि, आफ्नो पालनकर्ताको आदेशबाट अवतरित हुन्छन् ।

Ayah 4

سَلَٰمٌ هِيَ حَتَّىٰ مَطۡلَعِ ٱلۡفَجۡرِ

यो रात पूर्णतया शान्ति र भलाईको हो, उषाकालको उदय हुनेसम्म ।

Ayah 5