सूरा Ad-Dhuhaa — The Morning Hours

सूरा Ad-Dhuhaa (The Morning Hours) — 93/114 · 11 आयतहरू. अरबी पाठ र नेपाली अनुवादसहित पढ्नुहोस् र सुन्नुहोस्।

وَٱلضُّحَىٰ

सूर्यको माथि भइहालने समय (चाश्त) को सौगन्ध ।

Ayah 1

وَٱلَّيۡلِ إِذَا سَجَىٰ

र कसम छ, रात्री को जब छाउँछ ।

Ayah 2

مَا وَدَّعَكَ رَبُّكَ وَمَا قَلَىٰ

तिम्रो पालनकर्ताले न त तिमीलाई छाडेको छ र न उदासीन भएको छ ।

Ayah 3

وَلَلۡأٓخِرَةُ خَيۡرࣱ لَّكَ مِنَ ٱلۡأُولَىٰ

निश्चितरूपले तिम्रो निम्ति पहिलोभन्दा परिणाम राम्रो हुनेछ ।

Ayah 4

وَلَسَوۡفَ يُعۡطِيكَ رَبُّكَ فَتَرۡضَىٰٓ

तिम्रो पालनकर्ताले शीघ्र नै तिमीलाई (पुरस्कार) प्रदान गर्नेछ त तिमी प्रसन्न भइहाल्नेछौ ।

Ayah 5

أَلَمۡ يَجِدۡكَ يَتِيمࣰ ا فَـَٔاوَىٰ

के उसले तिमीलाई अनाथ पाएर शरण दिएन

Ayah 6

وَوَجَدَكَ ضَآلࣰّ ا فَهَدَىٰ

र तिमीलाई मार्गविचलित देखेर सही बाटो देखाएन ।

Ayah 7

وَوَجَدَكَ عَآئِلࣰ ا فَأَغۡنَىٰ

र तिमीलाई कमजोर पाएर बलियो बनाएन ।

Ayah 8

فَأَمَّا ٱلۡيَتِيمَ فَلَا تَقۡهَرۡ

तसर्थ तिमीले पनि अनाथमाथि अत्याचार नगर्नु ।

Ayah 9

وَأَمَّا ٱلسَّآئِلَ فَلَا تَنۡهَرۡ

र माँग्नेवालालाई हप्काउने नगर्नु ।

Ayah 10

وَأَمَّا بِنِعۡمَةِ رَبِّكَ فَحَدِّثۡ

र आफ्नो पालनकर्ताको अनुकम्पालाई वर्णन गर्दैगर्नु ।

Ayah 11