सूरा Az-Zalzala — The Earthquake

सूरा Az-Zalzala (The Earthquake) — 99/114 · 8 आयतहरू. अरबी पाठ र नेपाली अनुवादसहित पढ्नुहोस् र सुन्नुहोस्।

إِذَا زُلۡزِلَتِ ٱلۡأَرۡضُ زِلۡزَالَهَا

जब धरती पूर्णरूपले (भूकम्पबाट) प्रकम्पित गराइहालिनेछ ।

Ayah 1

وَأَخۡرَجَتِ ٱلۡأَرۡضُ أَثۡقَالَهَا

र पृथ्वीले आफ्नो (भित्रको) बोझ बाहिर निकालिदिनेछ ।

Ayah 2

وَقَالَ ٱلۡإِنسَٰنُ مَا لَهَا

मानिसले भन्न थाल्छ कि यसलाई के भएको छ

Ayah 3

يَوۡمَئِذࣲ تُحَدِّثُ أَخۡبَارَهَا

त्यसदिन पृथ्वीले आफ्नो सबै कुराहरू वर्णन गर्नेछ ।

Ayah 4

بِأَنَّ رَبَّكَ أَوۡحَىٰ لَهَا

यसकारण कि तिम्रो पालनकर्ताले उसलाई आदेश पठाएको हुनेछ ।

Ayah 5

يَوۡمَئِذࣲ يَصۡدُرُ ٱلنَّاسُ أَشۡتَاتࣰ ا لِّيُرَوۡاْ أَعۡمَٰلَهُمۡ

त्यसदिन मानिसहरू समूह–समूह गरी फिर्ता आउनेछन् ताकि उनीलाई उनको कर्मपत्री देखाइदिइयोस् ।

Ayah 6

فَمَن يَعۡمَلۡ مِثۡقَالَ ذَرَّةٍ خَيۡرࣰ ا يَرَهُۥ

अतः जसले अलिकति पनि नेकी(पुण्य) गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ ।

Ayah 7

وَمَن يَعۡمَلۡ مِثۡقَالَ ذَرَّةࣲ شَرࣰّ ا يَرَهُۥ

र जसले अलिकति पनि नराम्रो काम गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ ।

Ayah 8